काठमाडौं / कृषि उत्पादनमा मुलुक लाई आत्मनिर्भर बनाउदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताईन । प्रतिनिधि सभा बैठकमा आ.ब. २०७७/०७८ को बजेट छलफलमा बोल्दै सांसद चौधरीले आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै लोभ गरेर छुट्याएको बताईन । ११ अर्ब छुट्याएको रासायनिक मलमा हाम्रो देश पूर्ण रूपमा परनिर्भर छन तर प्राङ्गारिक मलमा प्रयाप्त सम्भावना भएता पनि कार्यक्र र बजेटको व्यवस्था नहुनु दुखद भएको बताईन । यसले बढदै गएको अर्गानिक खेती लाई निरूत्साहीत हुने सांसद चौधरीले बताईन । एकातिर किसान लाई गुणस्तरीय र उन्नत जातको बिउ उपलब्ध गराउने भनिएको छ तर अर्को तिर बिउ बिजनमा १०% बाट बढाएर १५ % भन्सार शूल्क लिने कुरा बिरोधाभास भएको बताईन । परम्परागत खेती प्रणाली बाट कृषि क्षेत्र अगाडि बढ्न नसकने र यसलाई आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्ने बताईन । माध्यमिक तह सम्मका सामाजिक बिध्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेबारी निजी बिध्यालय लाई दिनु संविधानले अँगालेको समाजवाद उन्मुख व्यवस्था लाई अस्विकार गरेको छ साथै यो नेपालको संविधान बिरूध्द भएकोले उक्त वाक्य हटाउनु पर्ने सांसद चौधरीले बताईन ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
किर्ते दस्तखत गरी रकम निकाल्ने खेलकुद विकास समितका पुर्व अध्यक्ष पक्राउ
विराटनगर ।जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेक...
बुढीगंगामा गाउँपालिकाको बुढीगंगामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने
मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास ता...
इन्स्पेक्टर सन्ताेष न्याैपाने लाई ‘बेस्ट पुलिस अफ दी मन्थ’
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक...
















