पेट्रोल, डिजेल, सुनको मुल्य बढ्ने, हवाइ उडान भाडा सस्तो हुने
सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएपछि मुल्य बढ्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको घोषणा गरे । त्यस्तै, सुन र सुनका गरहनामा पनि भन्सार शुल्क वृद्धि गरेको उनले घोषणा गरे ।
यता, हवाइ इन्धनमा लाग्दै आएको पूर्वाधार करमा भने सरकारले छुट दिने घोषणा गरेको छ...











