सुनसरीमा लुकेर बसेका १२ जना कोशी किनारबाट प्रहरी नियन्त्रणमा

सुनसरीमा लुकेर बसेका १२ जना कोशी किनारबाट प्रहरी नियन्त्रणमा
सुनसरीको कोशी किनारको झाडीमा लुकेर बसेका १२ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सुपौल घर बताउने सो समूहलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । लुगाफाटा र बन्दोबस्तीका सामग्रीसहितको समूहलाई नदी किनारको झाडीमा लुकेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ...

विराटनगरमा दुई र धनकुटामा एक जनालाई कोरोना, संक्रमित संख्या २९५ पुग्यो

विराटनगरमा दुई र धनकुटामा एक जनालाई कोरोना, संक्रमित संख्या २९५ पुग्यो
प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये...

निजी र सामुदायिक अस्पतालले कोरोना परीक्षण गर्न पाउने

निजी र सामुदायिक अस्पतालले कोरोना परीक्षण गर्न पाउने
सरकारले निजी र सामुदायिक अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) परीक्षणको अनुमति दिने भएको छ। आइतबार निर्देशिका जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न चाहने अस्पताललाई अनुमति दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। ‘हामीले निजी तथा सामुदायिक अस्पतालमा आरडीटी विधिबाट परीक्षणका लागि निर्देशिका जारी गरेका छौँ’, आइतबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । मृतक युवक वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दि...

नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु

नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ बाट दोश्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाँकेको नरैनापुर ५ का २५ वर्षिय पूरुषको मृत्यु भएको हो । उनी भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । उनमा ज्वरो र झाडापखाला जस्ता लक्षण देखिएको र आज ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताइएको छ । उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा प्रव...

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको पहिचान खुल्यो, स्वाब संकलन सुरु

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको पहिचान खुल्यो, स्वाब संकलन सुरु
काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् । थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न सुरु गरिएको छ । मृतक महिलाको सम्पर्कमा आएका करिब ५५ जनाको पहिचान खुलेकाले उनीहरुको स्वाव संकलन गर्न थालिएको हो ।...

अब सीमामा भारतकै सरह सशस्त्रको बीओपी

अब सीमामा भारतकै सरह सशस्त्रको बीओपी
सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पुर्याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् । सशस्त्र प्रहरीका महानिरी...

नेपालमा कोरोना, संक्रमितको संख्या २९१ पुग्याे

नेपालमा कोरोना, संक्रमितको संख्या २९१ पुग्याे
नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना सं...

कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि यसरी गरियो व्यवस्था

कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि यसरी गरियो व्यवस्था
काभ्रेको धुलिखेल अस्पतालमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण मृत्यु भएकी महिलाको शव व्यबस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्समा सहितको टोलीले काठमाडौं लगिएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यबस्थापनका लागि उद्धार टोलीका अरुण सैँजू र राजेश गाईजूको टोली धुलिखेल अस्पताल प्रस्थान ...

विश्वभर कोरोना : ४६ लाख २९ हजार संक्रमित, ३ लाख ११ हजारको मृत्यु

विश्वभर कोरोना : ४६ लाख २९ हजार संक्रमित, ३ लाख ११ हजारको मृत्यु
विश्वभर ४६ लाख २९ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा उच्च छ। त्यहाँ १४ लाख ६६ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ७२ हजार ४३, बेलायतमा २ लाख ४१ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २४ हजार ७ सय ६...