पश्चिम नेपालको आकाशमा यस्तो वस्तु देखियो, बम पड्केजस्तो आवाज (भिडियो सहित)
पश्चिम नेपालमो आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । आकाशमा आगोको ज्वाला जस्तो वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्थानीयले बताएका छन् ।
आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए । ‘पहिला माथिबाट अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु गयो, पछि चट्याङ्ग परेजस्तो आजाव आयो’, उनले भने । बाग्लुङ्गको रेडियो सारथीका स्टेशन मेनेजर क...








