बेलायत पनि अहिले कोरोना भाइ’रस को महामा’रीको चपेटमा छ । बेलायतमा अहिले ४ सय ६५ बढीको मृत्यु भइसकेको छ, भने ९ हजार बढीमा यो रोगको संक्र’मण देखिएको छ ।

बेलायतमा अहिले धेरै कोरोना संक्र’मितहरुको उपचारमा खटिएकी नेपाली नर्स प्रसुना कँडेलले भने आम नेपालीका लागि कोरोना भाइरसबाट बच्ने महत्वपूर्ण टिप्सहरु दिएकी छिन ।

आफ्नो फेसबुक पेजमार्फत उनले कोरोना भा’इरसविरुद्ध लड्न सबैभन्दा ठूलो दृढ इच्छा शक्ति भएको उल्लेख गर्दै तातोपानीमा बेसार, अदुवा, मह र कागती राखेर खान पनि सुझाव दिएकी छिन् ।

कोरोना भन्ने वित्तिकै धेरै मानिसहरु भ’यभित हुने गरेको उल्लेख गर्दै उनले भ’य र त्रा’समा नबाँची ‘नर्मल फ्लु’को झै तवरबाट व्यवहार गर्न पनि सुझाव दिएकी छिन् ।

उनले क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई हाँसखेल गरेर परिवारसँग समय विताउन सुझाव दिदै प्रशस्त पानी पिउन भने बिर्सन नहुने बताएकी छिन । शरीरमा रोतप्रतिरोधी क्षमता बढाउन कमजोर मनले नहुने भन्दै नर्स प्रसुनाले घर भित्र हिडडुँल गर्दा पनि मास्कको प्रयोग अनिवार्य भएको उल्लेख गरेकी छिन् ।

उनले बेलायतमा अहिले अस्पतालमा भइरहेको अवस्था र कोरोना भाइरस संक्र’मितहरुको बारेमा पनि आफ्नो फेसबुक सन्देशमा धेरै जानकारी समेटेकी छिन्

 

तपाईको प्रतिक्रिया