देवी ! के हजुर महिनावारी हुनु भएको छ?
‘मिन्स हुनु भा’ छ?’
‘हजुर बुझिनँ।’
‘महिनावारी के....... नछुने भएको छ कि छैन भनेको।’
दसैंको बेलामा भद्रकाली मन्दिरमा मैले फूल किन्दै गर्दा एक जना अर्को ग्राहकले फूल बेच्ने दिदिलाई सोधेको यो प्रश्न जब मेरो कानमा पर्यो मेरो कान यसरी तात्यो कि मेरो शरीरमा जिरिंग काँडा उठ्यो। म एक्कासि कराएँ।
‘जानुस्, देवीलाई सोध्नुस्।’
‘देवी के हजुर महिनावारी हुनुभएको छ?’
‘दसैंको ९ दिनभित्र नौ जन...








