आज बालाचतुर्दशी । पितृका नाममा, शतबीज छरिँदै
काठमाडौं-आज बालाचतुर्दशी । दिवङ्गत पितृका नाममा विहान सबेरै शतबीज छरेर मनाइँदैछ । गएराति दीपदान गरिएको छ ।
दीपदान गर्न लाखौँ भक्तजनहरु आइतबार पशुपतिनाथ पुगेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने श...











