दसैँलक्षित सामान चीन-नेपालका नाकामै रोकिए
काठमाडौँ : दसैँ नजिकिँदै गर्दा चीनसँग जोडिएका प्रमुख दुई नाका रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी बन्द हुँदा नेपाली बजारमा ल्याइने चाडपर्वलक्षित सामान बाटोमै अड्किएका छन् ।
गत २४ असारमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएपछि आवागमन ठप्प छ । रसुवा भन्सार कार्यालयका अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलका अनुसार पुल निर्माण कार्य भइरहेको भए पनि दसैँअघि नाका खुल्ने सम्भावना छै...











