दमकमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु,श्रीमान घाईते
झापाको दमकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा रहेकी एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमा मृत्यु भएको हो । मुनाका पति मोटरसाइकल चालक ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।सुकदेवले चलाएको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई दमक ७ पशुडाँडामा प्र १–...











