चौदण्डीगढीका मेयर–उपमेयर लखेटिए
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ । तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो ।
चौदण्डीगढी–१० हडिया बजारमा आयोजित सो कार्यक्रममा जेनजी युवाहरूले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’...











