हाम्रो पार्टी असफल भए मुलुक नै असफल हुन्छ !” बाबुराम भट्टराई
संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ। पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन पेस गरेका हुन्। भट्टराईले पेस गरेको २५ पृष्ठ लामो प्रतिवेदनमा ‘राष्ट्रिय राजनीतिमा वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’...










