२०८१ काे एसईई चैत ७ गतेदेखि
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान सार्वजनिक गरेको छ । तालिका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म परीक्षा चल्ने छ । प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म एसईई सञ्चालन हुने छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना...











