साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् । उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउ...

कुखुराको खोरमा कटुवा पेस्तोल, झापाका आङदेम्बे पक्राउ

कुखुराको खोरमा कटुवा पेस्तोल, झापाका आङदेम्बे पक्राउ
झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ का ईन्द्रबहादुर आङ्देम्बे रहेका छन् । घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिँदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो । प्रहरी...

बाँझो बारीमा ड्रागन खेतीले मालामाल इलामका किसान : वर्षमै दिन थाल्यो १२ लाखसम्म आम्दानी

बाँझो बारीमा ड्रागन खेतीले मालामाल इलामका किसान : वर्षमै दिन थाल्यो १२ लाखसम्म आम्दानी
इलाम । पछिल्लो समय इलाममा किसानको ‘ड्रागन फ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र ब...

आफ्नै नियमले अफ्ठेराेमा प्रहरी , एकै पटक विदा हुँदै यी १०४ अधिकृत

आफ्नै नियमले अफ्ठेराेमा प्रहरी , एकै पटक विदा हुँदै यी १०४ अधिकृत
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुने भएका छन् । नेपाल प्रहरीमा निरीक्षकदेखि डिआइजीसम्म ८९ जना र सशस्त्र प्रहरीमा १५ जना एकैसाथ अवकाश हुने भएका हुन् । त्यसबाट एकातर्फ उच्च तहका धेरै अधिकृतहरूका लागि बढुवाको बाटो खुल्नेछ  । प्रहरी नियमावलीमा फेरबदल नआए भदौ १६ गते प्रहरीका माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जानेछन् । ३० वर्षे...

गृहमन्त्रीलाई शिक्षामन्त्रीको माग : त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस्

गृहमन्त्रीलाई शिक्षामन्त्रीको माग : त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस्
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिन...

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुदाँ बेलायती बिलिनियरको मृत्यु

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुदाँ बेलायती बिलिनियरको मृत्यु
रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ जना सवार थिए । जसमा अमेरिका, बेलायत र क्यानडाका १० चालक दलका सदस्य र १२ जना यात्रु थिए। डुंगाको भग्नावशेष पहिचान भएको छ । यो समुन्द्रको ५० मिटर गहिराईमा भेटिएको थियो । न्यूयोर्क टाइम्सका अनुसार याटमा राखिएका कुकको मृत्यु भएको छ र अन्य ६ जना हराइरहेका छन्। बेपत्ता हुनेमा बेलायतका प्रसिद्ध सफ्टवेयर व्...

उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे

उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे
उत्तर कोरियाका एक सैनिक भाग छोडेर दक्षिण कोरिया पुगेका छन् । योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार गरे पछि मंगलबार बिहान उत्तरपूर्वी काउन्टी गोसेओङमा हिरासतमा लिइएको थियो।’उनले भने कि, ‘भाग्ने एक कर्मचारी सैनिक हो भन्ने सोचिएको छ ।’ उनलाई भाग्नुको कारणबारे सोधपुछ गरिएको थियो । दक्षिण कोरियाली रक्षा अधिकारीलाई उद्धृत गर्दै नाम नखुलेको र...

वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन
पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्...

घट्यो डलरको मूल्य

घट्यो डलरको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ । यसैगरी, बेलायती पाउण्ड एकको ख...

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित
काठमाडौँ । देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ ।