मोरङ : मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया हाजिर भएका छन् । उनी सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर भएका हुन् ।

जिल्लामा हाजिर हुनासाथ विभिन्न युनिटका इन्चार्जहरूलाई बोलाएर निर्देशन दिएका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत चिमरियालाई काजमा मोरङ खटाइएको हो ।

यसअघिका मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय झिकाएर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर, मोरङ हाजिर हुन नपाउँदै लिम्बूको काज रद्ध गरी चिमरियालाई पठाइएको हो ।प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । कार्यालयको आवश्यकताका कारण लिम्बूलाई मोरङ पठाउन नसकिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया