बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार राति २२ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जुवाको खालबाट नगद ८३ हजार २८५ रुपैयाँ, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा हल्दिबारी १ का ६३ वर्षीय यज्ञराज त्रिताल, ४५ वर्षीय वीरबहादुर गुरुङ, ४२ वर्षीय रामनाथ साह, ६१ वर्षीय भानुभक्त नेपाली, ६२ वर्षीय अशोक, ६१ वर्षीय सरोज दाहाल, ३८ वर्षीय प्रकाश गिरी राई रहेका छन् ।

त्यस्तै, बिर्तामोड ५ का ५२ वर्षीय राजन चुडाल, भद्रपुर १० का ५५ वर्षीय राजेन्द्र तुलाधर, ४३ वर्षीय माधव भट्टराई, ५८ वर्षीय रामबाबु राउत, ४५ वर्षीय विशाल अधिकारी र भद्रपुर ८ का सुवास न्यौपाने रहेको झापा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया