सांसदहरु धमाधम पक्राउ हुँदै फेरी सांसद पार्वत गुरुङबिरुद्ध पक्राउ पुर्जी

सांसदहरु धमाधम पक्राउ हुँदै फेरी सांसद पार्वत गुरुङबिरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो । वीरध्वज खड्काले उनी विरद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

राम मन्दिर–बाबरी मस्जिद विवाद : ४० दिन बहसपछि सुनुवाइ पूरा, फैसला अझै भएन

राम मन्दिर–बाबरी मस्जिद विवाद : ४० दिन बहसपछि सुनुवाइ पूरा, फैसला अझै भएन
काठमाडौँ । भारतमा लामो समयदेखि जारी राम मन्दिर–बाबरी मस्जिद विवादको सुनुवाइ बुधबार पूरा भएको छ । भारतको सर्वोच्च अदालतमा ४० दिनसम्म सुनुवाइ भएको थियो । बीबीसीका अनुसार अदालतले फैसला नोभेम्बरमा सुनाउन सक्ने जनाएको छ । मुख्य न्यायाधीश रञ्जन गोगोई १७ नोभेम्बरमा अवकाश प्राप्त गर्ने भएकाले नोभेम्बरमै फैसला आउने बताइएको छ । फैसला ऐतिहासिक हुनेछ । राजनीतिक रूपमा अन्यन्तै संवेदनशील राम मन्दिर र बाबरी म...

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक
काठमान्डाैं / नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बो...

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण
काठमान्डाैं / धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । दक्षिणकाली, चान्नाख...

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण
काठमान्डाैं / भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन हम्मे परेको उनले सुनाए । दुई रोपनी खेत...

ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने

ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने
काठमान्डाैं / औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ । डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः निर्माण अन्तिम चरणमा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः निर्माण अन्तिम चरणमा
काठमान्डाैं / सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ । प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ । आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्ति...

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो
काठमान्डाैं / पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रति...

शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति

शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन् । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीले सडक हुँदा पनि हेलिकप्टर प्रयोग गरेकि हुन् । विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ । उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको...

सत्तारुढ नेकपाको चियापान

सत्तारुढ नेकपाको चियापान
काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमकाे अायाेजना गरेकाे छ । काठमाडौँको भृकुटीमण्डपमा अायाेजित चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियाे । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा सचिवालय तथा स्थायी कमिटी सदस्यहरु पनि उप...