काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

काठमाडौँको भृकुटीमण्डपमा अायाेजित चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियाे । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा सचिवालय तथा स्थायी कमिटी सदस्यहरु पनि उपस्थित थिए । नेकपाको चियापानमा निम्तालुहरुका लागि समोसा, निम्की, केरा र लड्डू दिइएको छ ।

तपाईको प्रतिक्रिया