तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत
काठमान्डाैं / चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्...











