त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको निधन भएको छ । निधन हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो ।

उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा निधन भएको महादेवबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिनुभयो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाँै ल्याइँदै थियो ।

लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको निधन भएको महादेवबँेसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो । एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको श व बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहकमे उनको काखमै निधन भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।

तपाईको प्रतिक्रिया