यौनधन्दामा मानिसहरु कतिसम्म लिप्त हुन्छन् भन्ने उदाहरण पछिल्लो समय देखा परेको छ ।

पहिले पैसा लिएर यौनधन्दा गर्ने र पछि बलात्कारको अभियोग लगाउने धम्की दिएर पैसा असुल्ने गिरोह पक्राउ परेसँगै भारतको मध्य प्रदेशको राजधानी भोपालमा ठूला यौनधन्दाका गिरोहहरु पक्राउ पर्न थालेका छन् । पछिल्लो समय भोपाल प्रहरीको क्राइम ब्रान्चले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ ।

भोपालको कोलार इलाकामा एक भाडाको घरमा यौनधन्दा चलिरहेको थियो । यो घर यो गिरोहका नाइकेले भाडामा लिएकी थिइन् । कलगर्ल र ग्राहक आउने जाने गरेको विषयमा सोध्दा उनी घरमा पाहुनाहरु आइरहने बताउँथिन् ।

पुलिसले यस्तै गतिविधिमा दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको थियो । सोधपुछमा उनीहरुले दिएको सूचनाका आधारमा घरमा छापा मारिएको थियो । घरबाट पुलिसले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ । यीमध्ये ३ महिला आफ्ना बच्चासहित थिए । ३ महिला यस्ता पनि छन् जसका श्रीमान नै उनीहरुका दलाल हुन् । यीमध्ये ९ जना कलगर्ल, ८ जना ग्राहक हुन् । ३ पुरुष कलगर्लका दलाल हुन् जो ती कलगर्लकै श्रीमान हुन् ।

तपाईको प्रतिक्रिया