राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जाँदै
४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन शनिबार न्यूयोर्क जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् ।
ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुक...











