इटहरी /  नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । उनलाइ कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो ।

उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र शुक्रबार दिउँसो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिने परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया