सप्तरी / नयाँ संविधान घोषणा भएको आज चार वर्ष पूरा भएको छ । ३ असोज, २०७२ मा तत्कालिन राष्ट्रिपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए । तराईका जनताहरुको माग सम्बोधन नगरिकनै ल्याएको संविधानको विरोधमा मधेशमा आन्दोलन राप दन्किरहेको थियो । दर्जनौंको ज्यान मात्रै गएन, असंख्यक आन्दोलनकारी घाइते भए । संविधान जारी भएको दिनको सम्झना गर्दै सघीय,प्रदेश र स्थानीय सरकारले विविध कार्यक्रमको आयोजन गरेर आज संविधान दिवस मनाइँदैछ ।

गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय संविधानकनको मूलभूत विशेषता हुन् । संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको रुपमा पहिचान दिलाएको छ । संविधान अझै सबैको साँझा बन्न सकेको छैन् । संसोधनको मुद्धा ज्यूँका त्यूँ छ । मधेशी, थारु, आदिवासी संविधानको विरोध गर्दै आइरहेका छन् । त्यसैले प्रदेश २ मा संविधान दिवसमा कतै कालो फहराइरहेको छ भने, कतै मैनवत्ति बालेर खुशीयाली मनाइएको छ । मधेशी दल र तराइबासी दुई कित्तामा उभिएका छन् । आज केहि दल र नागरिले उल्लासपूर्वक संविधान दिवस मनाउँदै छन् भने, केहिले संविधानको विरुद्धमा विरोधको कार्यक्रम गर्दै असोज ३ लाई कालो दिवस भन्दै सभा गर्दै छन् ।

समाजिक संजालमा संविधान दिवसको विरोध र स्वागत बाक्लिएकै छ । प्रयोकर्ताहरुले प्रोफाईल तस्वीर कालो बनाएका छन् भने, स्टाट्समा विरोधका स्वर पोखेका छन् । केन्दी्रय सत्तामा साँझेदर र प्रदेश २ को नेतृत्व सम्हालिरहेका समाजवादी पार्टी अलमलमै छन् । उसले न विरोध गरेका छन् न त खुसियाली मनाएका छन्, संविधान दिवसमा । प्रदेश २ को सत्ता साँझेदादर मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भने संविधानको विरोधमा उत्रिएका छन् । उसले आजको दिनलाई कालो दिवस भन्दै साँझ १५ मिनेट बल्याक आउट गर्ने भनेका छन् ।

संविधानको विरोधमा हुने कार्यक्रममा प्रदेश २ सरकारका राजपा नेपालका मन्त्रीहरु समेत सहभागि हुने उद्योगा पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताए । समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरु भने पार्टीकै निर्णय अनुसार तटस्थ बस्ने छन् । गत भदौ १७ गते संविधान दिवस तीन दिवसीय रुपमा भव्यताका साथ मनाउन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा संविधान दिवस मूल समारोह समिति गठन गरेको थियो ।

प्रदेश सरकारले भदौ २७ गते एक सूचना जारी गर्दै प्रदेश २ मा भव्यताका साथ संविधान दिवस मनाउन आह्वान समेत गरेको थियो । जस अनुसार प्रदेश सरकार मातहतका विभिन्न संघसंस्थाले आज संविधान दिवस मनाइरहेका छन् । तर समाजवादी पार्टीले संविधान दिवसको दिन तटस्थ बस्ने निर्णय गरेपछि समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरु समेत संविधान दिवसमा तटस्थ बस्ने निर्णय लिइसकेका हुन् ।

तपाईको प्रतिक्रिया