लागूपदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक र सहचालक इटहरीबाट पक्राउ
इटहरी । लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
प्रहरीले सुनसरीको तरहरा क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले इटहरी उप–महानगरपालिका–२०, तरहरा क्षेत्रमा चेकजाँचका ...











