“पाख्रीबासमा प्रशासनिक विवाद चर्कियो: मेयरको मन्त्रालयलाई ‘कडा चेतावनीसहित’ पत्र”
विराटनगर । केही समयअघि संघीय सरकारलाई अनौपचारिक शैलीमा पत्र लेखेर धरानका मेयर हर्क साम्पाङले चर्चा बटुलेका थिए ।
यसपटक धनकुट्टा पाख्रीबासका मेयरले भने आक्रोशपूर्ण शैलीमा पत्र लेखेर अर्को चर्चा कमाएका छन् । मेयर ज्ञानबहादुर गुरूङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत छिटोछिटो फेर्ने मञ्...











