देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
कास्की : यहाँको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ ।
देउसीभैलो खेलेर सङ्कलित रकममा कार्यालयले केही थप गरी रु दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालय...











