काठमाडौं । बुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो । त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया