मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियरको पहिरोले पुरिएर निधन
पोखरा । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा सुख्खा पहिरो जाँदा एकजनाको निधन भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका २ का २७ वर्षिय कमल राईको निधन भएको हो । राई उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् । बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको हो ।
उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्...











