म्याग्दीको कोटखोलामा बाढी आउँदा २ जना बेपत्ता, दुईवटा घर बगायो

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

बाढीले बगरफाँटका पाँच घरमासमेत क्षति पुगेको छ । जसमध्ये दुई घर बाढीले बगाएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल वर्षपछि कोटखोलामा आएको बाढी बस्तीमा पस्दा क्षति पुर्‍याएको हो ।

शनिवार मध्य रातमा बाँढी आउँदा स्थानीय त्रसित बनेका थिए ।

बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए ।

बाढीका कारण बेपत्ता हुनेमा बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार रहेको प्रहरीले जनाएको छ ।

बाढीले पार्वती परियार, माया परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया