तीनकुने घटना : थप दुई जना पक्राउ, हिरासतमा पुग्नेको संख्या ७५ पुग्यो
काठमाडौं / तीनकुने हिंसात्मक प्रदर्शनमा सहभागी भएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन्।
पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ
गत १५ चैतमा दुर्ग...











