घरकै आँगनमा काल बनेर आयो स्कुल बस: झापा र पाँचथरमा एक बालकसहित ३ जनाको मृत्यु
विराटनगर : झापा र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको गौरादह नगरपालिका–७ स्थित भित्री पक्की सडक खण्डमा सजग एकता बोर्डिङ स्कुलको बसले किच्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ५ बजे लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको को १ ...











