शनिश्चरे । झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ । जेठ ४ गते राति करिब ९ः१५ बजे एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा काजल र अर्जुनधारा ५ कञ्चनबाडी निवासी २४ वर्षीय किरण गौतम अत्यधिक मदिरा सेवन गरी बसेका थिए । सोही क्रममा उनीहरूबीच कुनै विषयमा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए । धकेल्ने क्रममा काजल चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी थिइन् । बेहोस अवस्थामा रहेकी उनलाई स्थानीयबासीले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्याएका थिए । पछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडहुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान ४ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
















