‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’
रौतहट / रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो ।
एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उ...











