सुनसरी / सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्दगंज चोक स्थित सडकबाट १० मिटर दक्षिण काँसघारीमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।

सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछी प्रहरीलाई खबर गराउनासाथ तत्काल अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो ।

अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकालागी जिल्ला अस्पताल ईनरुवा पठाएको तथा अन्त थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया