डेंगुको खतरा बढ्दै, बुटवलमा डेंगुबाट एक महिलाको मृत्यु
काठमाडौं । कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।
आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । यस वर्ष डेंगुबाट मृत्यु भएको रुपन्देहीमा पहिलो घटना हो । रुपन्देहीमा पनि डेंगुका बिरामीको संख्या बढ्दैगएको छ । जनस्वाथ्य कार्यालयका अनुसार ७० जनाभन्दा बढीमा संक्रमण...











