भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृ त भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृ त भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृ त घोषणा गरेको हो । उनको श व परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । परिवारले बालिकाको ह त्या भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

तपाईको प्रतिक्रिया