काठमाडौं । कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।

आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । यस वर्ष डेंगुबाट मृत्यु भएको रुपन्देहीमा पहिलो घटना हो । रुपन्देहीमा पनि डेंगुका बिरामीको संख्या बढ्दैगएको छ । जनस्वाथ्य कार्यालयका अनुसार ७० जनाभन्दा बढीमा संक्रमण देखिएको छ ।

यो विवरण चार वटा अस्पतालमा उपचार गर्नेको मात्रै हो । निजी मेडिकलहरुमा उपचार गराइरहेका कैयौं बिरामीहरु रहेको चिकित्सकहरुले बताएका छन् । प्रादेशिक अस्पतालमा मात्रै करिव ३५ जना बिरामी उपचारका क्रममा रहेका छन् । शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बिरामीको अवस्थाको बारेमा अवलोकन गरेका थिए ।

अस्पतालमा अन्य बिरामीको चापसमेत अत्याधिक हुदा उपचारमा कठिन भएको छ । डेंगुको संक्रमण बढेपछि चेकजाच गर्न आउनेको संख्या बढेको हो । परीक्षणका लागि किट समेत प्रयाप्त नभएको प्रादेशिक अस्पतालले जनाएको छ । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया