सुनसरीको धरानमा हानाहान,एक जना बेहोस

सुनसरीको धरानमा हानाहान,एक जना बेहोस
सुनसरीको धरान स्थित बगरकोटमा हानाहान भएको छ । तेह्थुम घर भई धरान ११ मा बस्दै आएका विष्णु लिम्बुले धरान धरान बगरकोट बस्ने दिपक चेम्जोङले मापासे गरि गालीगलौज गरेको विषयलाई लिएर लिम्बुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । लिम्बुको कुटाईबाट घाईते चेम्जोङ बेहोस बनेको प्रहरीले जनाएको छ । घाईते चेम्जोङको धरान स्थित वीपी काईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

विराट मेडिकल कलेजमा स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम

विराट मेडिकल कलेजमा स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम
  विराटनगर / विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले  स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम आयोजना गरेकाे छ । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिनाको रुपमा मनाउने भएकाले विराट मेडिकल कलेज पनि साे कार्यक्रम आयोजना गरेकाे हाे । विराट मेडिकल कलेजले प्रदेश नम्बर १ का मोरंग र सुनसरी जिल्लामा रहेका स्वास्थ्य स्वम्यसेविकाहरुकाे निशुल्क स्तन क्यान्सर परिक्...

धानको डीएनए परीक्षण, गरिमाको बीउ नक्कली

धानको डीएनए परीक्षण, गरिमाको बीउ नक्कली
काठमान्डाैं / धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्(नार्क)ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेक...

सरकारले दियो नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति

सरकारले दियो नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति
काठमान्डाैं / भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त...

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी(बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले तिह...

आलमलाई जोगाउने को–को ?

आलमलाई जोगाउने को–को ?
काठमान्डाैं / मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद...

‘प्रदेशमाथि संघ हाबी

‘प्रदेशमाथि संघ हाबी
काठमान्डाैं / संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन । तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ । ‘संघले प्रदेशको कार्य विवरणअनुसार संरचना हस्तान्तरण ...

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ
काठमान्डाैं / अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पु¥याइएपछि उनको गर्भ रहेको खुलेको हो । ‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिए,...

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास
भारत / भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पैडेलका अ...

कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन

कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन
काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई ...