काठमान्डाैं / भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त्रालयले गत आइतबार स्वीकृति दिएको हो । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया