विराटनगरका व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ
विराटनगर,२१ साउन । विराटनगरका एक व्यापारीको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकार पक्राउ परेका छन् । हाटखोलाका जितु भनिने जितेन्द्र रायलाई हत्या योजनासाथ आएका सार्पसुटरसहित तीन जनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरु भारतमा योजना बनाई हत्याको सुपारी लिएर विराटनगर आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिन...








