बेलबारी गोल्डकपः झापा ११ सेमिफाइनलमा
बेलबारी । मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा झापाको झापा ११ फुटबल क्लब पुगेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गमा एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा झापाले भोजपुर फुटबल संघलाई ३–० को गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो ।
खेलको दोस्रो मिनेटमा झापाका निरज कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ...