बेलबारी । मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा झापाको झापा ११ फुटबल क्लब पुगेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गमा एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा झापाले भोजपुर फुटबल संघलाई ३–० को गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो ।
खेलको दोस्रो मिनेटमा झापाका निरज कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । भोजपुरका संजय लिम्बूले क्लियर गर्न नसक्दाको फाइदा उठाएका निरजले गोल गरेका हुन् ।७५ औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल संख्या दोब्बर बनाए । उनले मैदानको मध्यभागबाट गरेको बल प्रहार सिधा गोल हुन पुग्यो । पुनः प्रदीपले अतिरिक्त समयमा टोलीका लागि गोल थप्न सफल भए ।
खेलको म्यान अफ द म्याच झापाका निरज कार्कीले नगद ५ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत सोमबारको खेल काठमाडौंको चित्लाङ फुटबल क्लव र धनकुटाको राजारानी फुटबल क्लबीच हुनेछ ।

तपाईको प्रतिक्रिया