काठमाडौंबाट लमजुङ जाँदै गरेको माइक्रोबस शिवपुरीमा दुर्घटना, चालकसहित ११ घाइते
नुवाकोट । नुवाकोटको शिवपुरीमा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार दुई जना गम्भीर घाइते छन् ।
काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । काठमाडौं टोखा–छहरे–गंगटे सडक...