बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो।
कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको एक पैदल यात्रीलाई ठक्कर दिएको...