दमकमा इन्सेफ्लाइटिसबाट बालकको मृत्यु
दमक। झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ ।
दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो ।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । लामखुट्टेले टोकेको ६ देखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।

तपाईको प्रतिक्रिया