मुसा मार्ने विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु
गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका -१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्य...