उर्जामा बाढीको विपद : ११ सय मेगावाट विद्युत उत्पादन रोकियो, साढे दुई अर्बको क्षति

उर्जामा बाढीको विपद : ११ सय मेगावाट विद्युत उत्पादन रोकियो, साढे दुई अर्बको क्षति
काठमाडौं । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए । उनले भने, ‘हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौं । थप क्षति भएको हुन सक्छ । बाढीका ...

हेटौँडा-भैँसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-चतरा सडकमा चल्न थाले गाडी

हेटौँडा-भैँसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-चतरा सडकमा चल्न थाले गाडी
इटहरी । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडकमा गाडी सञ्चालन हुन थालेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट गाडी सञ्चालन हुन थालेका छन्। यस्तै त्रिभु...

बाढीका कारण शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुमा फसेका २५ जनाको दुई दिनपछि उद्धार

बाढीका कारण शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुमा फसेका २५ जनाको दुई दिनपछि उद्धार
इटहरी । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ। बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोसीको बीच टापुमा भैंँसीपालन गरी बसेकाहरू शुक्रबारदेखि सप्तकोसी नदीमा आएको बाढीले अलपत्र परेका थिए। अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुंगामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए। शनिबार...

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु
रौतहट / गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ । आईतवार बिभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएका छन् भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको...

सोलुखुम्बुमा पहिरोले २ घर बगायो, ५ जनाको मृत्यु

सोलुखुम्बुमा पहिरोले २ घर बगायो, ५ जनाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोले दुई घर बगाउँदा पाँच जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकाअनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्...

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ- अर्थमन्त्री पौडेल

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ- अर्थमन्त्री पौडेल
काठमाडौं  / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन् । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् । अहिल...

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन
काठमाडौं  / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रघुरा...

मौसम अनुकूल भएसँगै उडानहरु नियमित सुचारु

मौसम अनुकूल भएसँगै उडानहरु नियमित सुचारु
काठमाडौं । मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दिएको जानकारी अनुसार सबै उडानहरु नियमित सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ...

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

सिन्धुली । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताए । बाढीबाट खुर्कोट बसपार्क डुबेको छभने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबा...

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित,करेन्ट लागेर एक जनाको मृत्यु

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित,करेन्ट लागेर एक जनाको मृत्यु
इनरुवा (सुनसरी) । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिनुभयो । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन...