बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो
२१ भदौ, काठमाडौं । बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो ।
बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
बिहीबार राती कुँ...