पहिरोले पुर्दा सब-ओभरसियरको मृत्यु
पर्वत / मध्यपहाडी लोकमार्गमा काम गरिरहेका बेला माथिबाट खसेको पहिरोले पुर्दा कुस्मा नगरपालिकामा एक सबओभरसियरको मृत्यु भएको छ । मोरङका २३ वर्षीय कमल राईकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
कुस्मा नगरपालिका–७ खरेहामा पर्ने मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको सडकमा काम गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई पुर...