पर्वत / मध्यपहाडी लोकमार्गमा काम गरिरहेका बेला माथिबाट खसेको पहिरोले पुर्दा कुस्मा नगरपालिकामा एक सबओभरसियरको मृत्यु भएको छ । मोरङका २३ वर्षीय कमल राईकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
कुस्मा नगरपालिका–७ खरेहामा पर्ने मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको सडकमा काम गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई पुरेको हो।

उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतकाे र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ । शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ। त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन्

तपाईको प्रतिक्रिया